ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, पहिलो कारोबारका लागि पायो ९०.१७ देखि २७०.५१ रुपैयाँको रेन्ज
- BFIS News
 - 2025 Apr 30 18:23
 
                    
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ’ओएमपीएल’ संकेत प्रदान गरेको छ ।
                        ![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            









प्रतिक्रिया