Nepal Life

सिद्धार्थ बैंकको सहयोगमा श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

NMB Bank
  • BFIS News
  • 2025 Apr 30 18:41
सिद्धार्थ बैंकको सहयोगमा श्री जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु
United Ajod

काठमाडौं, वैशाख १७ । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्धारा बन्न लागेको हो ।

Shikhar
Nepal Life
NIMB

कुल १७५ जना विद्यार्र्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन  सञ्चालन भइरहेको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष श्री विर्ख बहादुर विष्ट, उपाध्यक्ष श्री कमला रोका पुन, सोहि गाउँपालिका–वडा नं.१ का वडा अध्यक्ष श्री टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघको अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत अन्य शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको थियो । 

बैंकले सधैँ बालबालिकालाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । आजका बालबालिका नै भोलिको समृद्ध राष्ट्र निर्माणका आधार हुन् त्यसैले उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हो ।

यस दृष्टिकोणलाई आत्मसात् गर्दै, बैंकले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको छ । दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैंक यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दछ । 

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया