NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्सद्वारा सप्तरीको त्रियुगा सहकारी र मिल्को डेरी उद्योगमा बीमा सचेतना कार्यक्रम सम्पन्न

Citizen Life
  • BFIS News
  • 2025 Apr 30 20:51
शिखर इन्स्योरेन्सद्वारा सप्तरीको त्रियुगा सहकारी र मिल्को डेरी उद्योगमा बीमा सचेतना कार्यक्रम सम्पन्न
National Life

काठमाडौं, बैशाख १७ । शिखर इन्स्योरेन्स कम्पनीले आज बुधबार सप्तरी जिल्लाको त्रियुगा सहकारी संस्था र मिल्को डेरी उद्योगमा बीमा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।  

NIMB

कम्पनीले त्रियुगा सहकारी संस्थामा आज बिहान ८ बजेदेखि साढे ११ बजेसम्म आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहकारीका अध्यक्ष चन्द्र शेखर चौधरी थिए भने कार्यक्रमको सभापतित्व शिखर इन्स्योरेन्सका मधेश प्रदेश प्रमुख सुरेशचन्द्र गुप्ताले गरेका थिए।  

त्यस्तै विशिष्ट अतिथिका रूपमा नगरपालिकाको पशुशाखा प्रमुख भवानी चौधरी र त्रियुगा सहकारीका पूर्व अध्यक्ष सम्भु खड्का तथा दिपक कार्की थिए। सहकारी संस्थाका बीमा संयोजक मान प्रसाद लुइटेलले कार्यक्रमको संयोजन गरेका थिए। कार्यक्रममा ७०/८० जनाको सहभागिता थियो ।    

कम्पनीले अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुका साथै मायाको चिनो प्रदान गरेको थियो। कार्यक्रमको सञ्चालन वीरगञ्जको शाखा प्रमुख नितेश कुमार दासले गरेका थिए। यस अवसरमा शिखर इन्स्योरेन्स कम्पनीको बारेमा जानकारी दिनुका साथै कम्पनीले गरेका विभिन्न गतिविधिहरू प्रस्तुत गरिएको थिए।  

कार्यक्रममा सहभागीहरूको प्रतिक्रिया पनि लिइएको थियो, जसमा सहभागीहरूले शिखर इन्स्योरेन्स कम्पनीको सेवा प्रति सन्तुष्टि व्यक्त गरे। कृषकहरूले यसअघि शिखर इन्स्योरेन्सबाट गाई र भैंसीको बीमा गरेको र समयमा दाबी पाएको भन्दै खुशी व्यक्त गरेका थिए। पशुपन्छी बीमा गरिरहेका कृषकहरूले अब घर र सवारी साधनको बीमा पनि शिखर इन्स्योरेन्सबाटै गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।  कृषकहरूले कृषि बीमाका सम्बन्धमा सरकारको नीतिगत व्यवस्थाले केही असहजता सिर्जना गरेको भन्दै सहजिकरणका लागि अनुरोध गरेका छन्।  

आजै सम्पन्न भएको दोस्रो कार्यक्रम रुपनी गाउँपालिकामा अवस्थित मिल्को डेरी उद्योगमा अपराह्न १२ बजेदेखि साढे २ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रमको व्यवस्थापन तेजनारायण यादवले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष लिला यादव थिए।  

कम्पनीले यस वडामा यस अघि बीमा कार्यक्रम सञ्चालन गरेको थिएन, र यस कार्यक्रममार्फत बीमा कार्यक्रमको सुरुवात गरिएको क्षेत्रीय प्रमुख गुप्ताले जानकारी दिए।  

गुप्ताले भने, “यस क्षेत्रमा पहिला पहिला बीमा सम्बन्धी धेरै नराम्रा अभ्यास भएका कारण यहाँका मानिसहरूमा बीमा प्रति गलत धारणा रहेको पाइयो। यसलाई परिवर्तन गर्ने उद्देश्यले हामी काम गर्दैछौं।”  

कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले बीमाको बारेमा सम्पुर्ण जानकारीहरु प्रदान गरेका थिए। कम्पनीले बीमाका सबै कामहरू नियम र कानुन अनुसार गर्ने र भविष्यमा कुनै पनि नराम्रो अनुभव नहुने सुनिश्चितता व्यक्त गरेको छ। साथै, प्रतिनिधिहरूले बीमा गरिसकेपछि दाबी घरमै पुगेर भुक्तानी गरिने प्रतिवद्धता पनि गरेका छन्।  

प्रतिनिधिहरूका कुरा सुनेपछि सहभागीहरूले बीमा गर्ने बाचा व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा कुनै पनि बीमा गर्नुपरे शिखर इन्स्योरेन्स कम्पनीबाटै गर्ने प्रतिवद्धता समेत जनाए। कम्पनीले यस क्षेत्रको नजिकैको लहान शाखामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ। प्रदेश प्रमुख गुप्ताले लहान शाखाको प्रमुख कुश यादवसँग सम्पर्क गर्न आग्रह गरेका छन्।  

कम्पनीका प्रतिनिधिहरूले यसरी बीमाको बारेमा बुझाएको भन्दै सहभागीहरूले धन्यवाद व्यक्त गरेका थिए। यस कार्यक्रममा ५०/६० जनाको सहभागिता थियो, जसमा वास्तविक कृषकहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ।  

दुबै कार्यक्रममा सहभागीहरूलाई खाजाको व्यवस्थापन पनि गरिएको थियो। शिखर इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरेशचन्द्र गुप्ता (प्रदेश प्रमुख), नितेश कुमार दास (वीरगञ्ज शाखा प्रमुख), कुश कुमार यादव (लहान शाखा प्रमुख) र हरेराम यादव (बजार व्यवस्थापक) को उपस्थिति रहेको थियो।  

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया