NIMB Header 2
Nepal Life

सिवाईसी नेपाल लघुवित्तको मुनाफा ९९.४५ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी २७.९६ रुपैयाँ कायम गर्न सफल

National Life
  • BFIS News
  • 2025 May 01 11:12
सिवाईसी नेपाल लघुवित्तको मुनाफा ९९.४५ प्रतिशतले बृद्धि, प्रतिशेयर आम्दानी २७.९६ रुपैयाँ कायम गर्न सफल
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ९९.४५ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको ९ महिनामा ५ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा संस्थाले २ करोड ८० लाख रुपैयाँ मुनाफा बर्जन गरेको थियो ।

Shikhar
NIMB

संस्थाको मुनाफामा सुधार सँगै प्रतिशेयर आम्दानी पनि २७.९६ रुपैयाँ कायम गर्न सफल भएको छ । संस्थाको चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा जगेडा कोषमा ३८ करोड २२ लाख रुपैयाँ छ । संस्थाको खराव कर्जा ८.४९ प्रतिशत रहेको हुँदा अवको तीन महिनामा खराव कर्जा घटाएर लाभांश वितरण गर्ने अवस्थामा पुर्याउने चुनौती रहेको छ । 

"लघुवित्तको स्थायित्व सिवाईसीको दायित्व, सिवाईसीका कर्मचारी विपन्न र सिमान्तकृतका कर्मचारी" भन्ने मुलभावका साथ नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्र विस्तार गर्न स्वीकृती प्राप्त यस वित्तीय संस्थाले ७७ जिल्लामा १२४ वटा शाखा कार्यालयहरुमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ। 
आगामी दिनहरुमा पनि कार्यक्रम विस्तार गर्दा लघुवित्त सेवाको पहुँच नपुगेका दुर्गम स्थानीय तहहरुलाई प्राथमिकतामा राखिएको छ। यस त्रैमासको अन्तसम्ममा संस्थाले कुल १२३२२८ विपन्न वर्गका घर परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ ।

वित्तीय संस्थाले शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। वित्तीय कारोवारलाई पारदर्शिता प्रदान गर्न ग्राहकहरु स्वंयमले आफ्नो मोवाईल मार्फत कारोवार चेक जाँच गर्न मिल्ने गरी "Cyc Nepal Mobile Banking -APP" सेवा सुचारु भईसकेको संस्थाले जनाएको छ।

कर्मचारीहरुको दक्षता अभिवृद्धि गरी कार्यकुशलतामा अभिवृद्धि गर्न, उत्पादकत्वलाई थप प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई आवश्यक पर्ने तालिम तथा सेमिनारमा संलग्न गराई क्षमता अभिवृद्धि गरी सन्तुष्ट सदस्य नै संस्थाको दिगो विज्ञापनको आधारलाई कार्यान्वयन गरिनेछ। साथै, आगामी दिनहरुमा लघुवित्तको कारोवारलाई कर्जा, बचत र रेमिटान्स सुविधाहरुमा मात्र सिमित नगरी समयानुकुल ग्राहकको बदलिदो चाहनालाई दृष्टिगत गरी संस्थाले उपलब्ध गराउदै आएको सेवा सुविधाहरुमा थप परिष्कृत गर्दै लैजान व्यवस्थापन प्रतिवद्ध रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया