Nepal Life

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, मध्यरातिदेखि लागू

NMB Bank
  • BFIS News
  • 2025 May 01 13:36
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो, मध्यरातिदेखि लागू
United Ajod

काठमाडौँ । नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थहरूको मूल्य घटाउने निर्णय गरेको छ। निगमका अनुसार नयाँ मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।

Shikhar
Nepal Life
NIMB

एनओसीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ। यस्तै, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर एक रुपैयाँले कमी गरिएको छ।

साथै, आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर एक रुपैयाँले घटाइएको एनओसीले जनाएको छ।

नयाँ मूल्य समायोजन अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको घटबढलाई ध्यानमा राखी गरिएको निगमको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया