Nepal Life

केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल सुरु

NMB Bank
  • BFIS News
  • 2025 May 02 12:44
केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल सुरु
United Ajod

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु भएको घटनाप्रति परराष्ट्र मन्त्रालयले गम्भीर ध्यान दिएको छ।

Shikhar
Nepal Life
NIMB

मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन कूटनीतिक तहमा पहल थालेको जनाएको छ।

वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ आफ्नै होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि परराष्ट्र मन्त्रालयले भारत सरकार, ओडिसा राज्यका उच्च अधिकारी तथा दिल्लीस्थित नेपाली दूतावासमार्फत छानबिनका लागि औपचारिक पहल अघि बढाएको हो।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाले आफू मर्माहत भएको जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया