Nepal Life

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल हुने

NMB Bank
  • BFIS News
  • 2025 May 02 18:19
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल हुने
United Ajod

काठमाडौं, वैशाख १९ । संघीय संसदमा प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा ६ दिनसम्म छलफल हुने भएको छ।

Shikhar
Nepal Life
NIMB

प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि वैशाख २२, २३, २४, २५, २६ र २८ गते निर्धारण गरिएको जानकारी दिए।

सभामुख घिमिरेले सम्बन्धित दलका पदाधिकारीलाई दलीय प्रतिनिधित्वको आधारमा छलफलमा सहभागी हुने सांसदहरूको नाम बैठक सुरु हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा बुझाउन आग्रह गरेका छन्।

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव राख्न चाहने सांसदले वैशाख २० र २१ गते बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म कार्यव्यवस्था शाखामा लिखित सूचना दिन सक्नेछन्।

प्रतिनिधि सभाको अर्को बैठक वैशाख २२ गते बिहान ११ बजे बस्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया