सर्वाधिक मुनाफा आर्जन गर्न सफल नबिल हरेक सूचकमा अब्बल, चुनौतीलाई अवसरमा परिणत गर्दै
- BFIS News
- 2025 May Sat 21:32

काठमाडौं । निजी क्षेत्र तर्फको पहिलो बैंक 'नबिल बैंक' स्थापनामा मात्रै होइन हरेक सूचकमा पहिलो छ। मुलुकको अर्थतन्त्रमा ठुलो समस्या आउदा पनि नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाशिक अवधिमा सर्वाधिक मुनाफा आर्जन गर्दै आफ्नो विरासतलाई निरन्तरता दिन सफल भएको छ।
बैंकले ९ महिनामा ५ अर्ब ५ करोड मुनाफा आर्जन गरेको छ। यहि अनुपातमा मुनाफा आर्जन गर्ने हो भने पनि बैंकले चालु आर्थिक वर्षमा पौने ७ अर्ब रुपैयाँ मुनाफा आर्जन गर्नेछ। मुनाफामा नबिल बैंकलाई नेपाल इन्भेष्टमेन्ट बैंकले पछ्याएको छ । दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्टको ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी २४.८९ रुपैयाँ रहेको छ। चुक्ता पूँजी २७ अर्ब ६ करोड रुपैयाँ रहेको नबिलको जगेडा कोषमा ३४ अर्ब १९ करोड रुपैयाँ रहेको छ। निजी स्तरका बैंकहरुमा सर्वाधिक जगेडा कोष हुने तर्फ पहिलो छ। अन्य बैंकहरुले खराव कर्जा व्यवस्थापन गर्न नसकेर प्रोभिजनिङका कारण लाभांश दिन नसक्दै गर्दा नबिलले आकर्षक लाभांश पनि दिइरहेको छ। एकातिर आकर्षक लाभांश अर्को तर्फ जगेडा कोषमा पनि अगाडि देखिनुले यो सबैभन्दा ठुलो सफलताको सूचक पनि हो।
नेपाल अरब बैंक इन्टरनेसनल लिमिटेड (नबिल) का नाममा २०४१ असार तदनुसार १२ जुलाइ १९८४ मा स्थापना भएको नबिल बैंक आक्रमक व्यवसाय विस्तार, डिजिटाइजेनसमा अब्बल र लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकका रुपमा परिचित छ।
चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्क अनुसार बैंक निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा दोस्रो स्थानमा छ। बैंकले चैत मसान्तसम्ममा ५ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । पहिलो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ५ खर्ब १८ करोड रुपैयाँ रहेको छ। विग मर्जर पछि पूँजी, निक्षेप र कर्जा लगानीमा अगाडी रहेको ग्लोबल सँग पनि अव नबिलको अन्तर खासै धेरै छैन।
बैंकले तेस्रो त्रैमाशिक अवधिसम्ममा ४ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। दोस्रो नम्बरमा रहेको ग्लोबलको ४ खर्ब १३ अर्ब रुपैयाँ छ। निक्षेप संकलन तथा कर्जा लगानीबाट बैंकले खुद व्याज आम्दानीमा पनि दोस्रो नम्बरमा छ। बैंकले ९ महिनामा १२ अर्ब ५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ। पहिलो नम्बरमा रहेको ग्लोबलको १२ अर्ब ३२ करोड रुपैयाँ छ।
चुक्ता पूँजी तर्फ नबिल तेस्रो ठुलो बैंक हो। पहिलो नम्बरमा रहेको ग्लोबलको ३८ अर्ब १२ करोड छ भने दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगाको ३४ अर्ब १३ करोड छ भने नबिलको २७ अर्ब ६ करोड रहेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ रहेको छ। पिइ रेसियो १९.५६ गुणा छ। बैंकको पूँजीकोष अनुपात ११.७२ प्रतिशत छ। खराव कर्जा भने औषत भन्दा केहि माथि ४.९६ प्रतिशत पुगेको छ। अवको तीन महिनामा बैंकका लागि खराव कर्जा व्यवस्थापन सबैभन्दा धेरै चुनौतीपुर्ण छ।
खराव कर्जा व्यवस्थापन बैंकहरुको सबैभन्दा धेरै टाउको दुखाइको विषय भन्दै आएकोमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि गैर बैंकिङ सम्पत्ती तथा खराव कर्जा व्यवस्थापनको विषयलाई समावेश गरेको छ। सरकारको उक्त कदमले नबिल बैंकलाई अझ सहज हुनेछ। हरेक चुनौतीलाई अवसरका रुपमा परिणत गर्न खप्पीस नबिलको उच्च व्यवस्थापन यस पटक पनि सफल भएको छ। पूँजी, मुनाफा, ग्राहक सेवा, डिजिटलाइजेसन, लगानीकर्तालाई दिने प्रतिफलदेखि हरेक पक्षमा बैंकको प्रदर्शन प्रेरणादायी छ।
प्रतिक्रिया