Nepal Life

हिमालयन लाइफ इन्स्योरेन्सको मुनाफा ८.४९% ले वृद्धि, जीवन बीमा कोष ७४ अर्ब ५२ करोड नाघ्यो

NMB Bank
  • BFIS News
  • 2025 May 04 15:01
हिमालयन लाइफ इन्स्योरेन्सको मुनाफा ८.४९% ले वृद्धि, जीवन बीमा कोष ७४ अर्ब ५२ करोड नाघ्यो
United Ajod

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (एचएलआई) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको लेखा परीक्षण नभएको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले आफ्नो प्रमुख वित्तीय सूचकहरूमा सामान्य वृद्धि हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले समीक्षा अवधिमा ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ४३ करोड ५४ लाख रुपैयाँको तुलनामा ८.४९ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमा शुल्क आम्दानी १.३३ प्रतिशतले वृद्धि भई १२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। लगानी, ऋण तथा अन्य स्रोतहरूबाट आम्दानी ३.८८ प्रतिशतले वृद्धि भई ४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ।

कम्पनीको जीवन बीमा कोष १५.४६ प्रतिशतले वृद्धि भई ७४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने कुल लगानी १५.३७ प्रतिशतले बढेर ७५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको संचित नाफा भने २२.६७ प्रतिशतले घटेको छ। त्यस्तै, वार्षिक आधारमा प्रति सेयर आम्दानी (ईपीएस) घटेर ७ रुपैयाँ २४ पैसा बाट ६ रुपैयाँ ८९ पैसा पुगेको छ। प्रति सेयर नेटवर्थ पनि घटेर १२६ रुपैयाँ २९ पैसा बाट ११६ रुपैयाँ ०७ पैसा पुगेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको मूल्य-नाफा अनुपात (पीई रेसियो) भने ६१.५१ रहेको छ। कम्पनीले आगामी त्रैमासहरूमा अझ सशक्त वित्तीय प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया