Nepal Life

नेपाल माइक्रो इन्स्योरेन्सको व्यवसाय ६०५ प्रतिशतले बढ्यो, आइपिओ निष्काशनका क्रममा खर्च बढ्दा नाफा प्रभावित

NMB Bank
  • BFIS News
  • 2025 May 05 12:03
नेपाल माइक्रो इन्स्योरेन्सको व्यवसाय ६०५ प्रतिशतले बढ्यो, आइपिओ निष्काशनका क्रममा खर्च बढ्दा नाफा प्रभावित
United Ajod

काठमाडौं, चैत २२ गते। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा गत वर्षको यहि अवधिको तुलनामा ६०५ प्रतिशतले निर्जीवन बीमा व्यवसाय बढाउन सफल भएको छ। 

Shikhar
Nepal Life
NIMB

व्यवसायमा उल्लेख्य प्रगति देखिए पनि आइपिओ निष्काशनका क्रममा खर्च बढ्दा कम्पनीको मुनाफामा भने प्रभाव परेको छ। चैत मसान्तसम्ममा कम्पनीले ४ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.०८ प्रतिशत कम हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २४ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

हालै सार्वजनिक भएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ६०५.७४ प्रतिशतले बढेको छ भने कुल आम्दानीमा १३०.७५ प्रतिशतको वृद्धि देखिएको छ। तर, आम्दानीको अनुपातमा खर्च पनि उच्च दरमा बढेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशत र कुल खर्च १४६.२९ प्रतिशतले बढेको देखिन्छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। अघिल्लो वर्षको तुलनामा ५२ पैसा घट्दै यो ९ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (P/E Ratio) ५१६९ गुणा पुगेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडा कोषमा २६ लाख ७४ हजार रुपैयाँ, महाविपत्ती कोषमा २ लाख ६७ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २२ लाख ८ हजार रुपैयाँ तथा अन्य इक्विटीमा १८ हजार रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया