NIMB Header 2
Nepal Life

नेपाल लाईफ तुलसीपुरद्वारा सामाजिक उत्तरदायित्व संगै वार्षिकोत्सव कार्यक्रम सप्पन्न

National Life
  • BFIS News
  • 2025 May 05 17:48
नेपाल लाईफ तुलसीपुरद्वारा सामाजिक उत्तरदायित्व संगै वार्षिकोत्सव कार्यक्रम सप्पन्न
Sanima Reliance

काठमाडौं। नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर शाखाले स्थानिय स्तरमा  आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको  कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको २५औ बर्ष प्रबेशको अवसर पारेर शाखाले विभिन्न दुईवटा बिद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो।

Shikhar
NIMB

तुलसीपुर उपमहानगरपालिका  वडा नम्बर -७  स्थित श्री बालकल्याण प्रा. बी. डाडापातुमा रहेका १५ जना र सोही वडाको माध्यामिक बिद्यालय कालाखोलामा रहेका  ४० जना गरि जम्म ५५ जना गरिब तथा बिपन्न  विद्यार्थीहरुलाइ झोला तथा कापी वितरण गरिएको तुलसीपुर शाखा प्रमुख बसन्त पोख्रेलले जानकारी दिएका छ्न।

शाखा प्रमुख वसन्त पोख्रेलको अध्यक्षता तथा ७ नम्बर वडाका अध्यक्ष राम बहादुर जि सी को प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रम निकै उत्साहजनक रुपमा सम्पन्न भएकोे र यस्ता खाले कार्यक्रमले समाजमा बिमा कम्पनीहरु प्रती जनताको  बिश्वास बढेर जाने कार्यक्रममा सहभागी एजेन्सी म्यानेजर मधुमाया के सी गीरीले बताए।

छोटो तथा आकर्षक रुपमा सप्पन्न उक्त कार्यक्रममा  शाखा प्रमुख पोख्रेलले जीवन बिमा, यसको महत्त्व र आवस्यकताका बारेमा प्रष्ट पार्दै जीवन बिमा गर्न धेरै पैसा नचाहिने र अझ यो धनी हुन नभै गरिब हुन नदिन सबैले गर्नुपर्ने बताए। उनले बिमा सबैको लागि आवस्यक भएको र अझ हाम्रो समाजमा हुनेखाने भन्दापनी हुँदा खानेको लागि अझ महत्त्वपूर्ण रहेकोे र यसलाई हामी सबै सरोकारवालाहरुको सहकार्य र समन्वयमा बिपन्न बर्ग सम्म पुर्याउनु पर्नेमा जोड दिए। त्यस्तै कार्यक्रम मा बोल्दै प्रमुख अतिथि जी.सी. ले यस्तो कार्यक्रम गरेकोमा कम्पनी र शाखालाइ धन्यवाद दिदै फेरिपनी यस्ता कार्यक्रमहरु गर्न र त्यस्ता कार्यक्रममा आफ्नो समेत सकृय सहयोग रहने जनाए।

शाखाका कर्मचारी किशोर अर्यालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य शोभाराम भण्डारी लगायत समाज सेवी, बि ब्य स अध्यक्ष्य शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो भने  दुई ओटै बिद्यालयका प्रधानाध्यापकहरु हुम बहादुर के सी तथा राजिव ओझा, सहायक प्रधानाध्यापक छबिलाल न्याउपाने न्यौपाने तथा एजेन्सी म्यानेजर मन्बहादुर ओलि समाज आदीले मन्तव्य राख्दै सबैले कार्यक्रम शैक्षिक सहयोगी भयको र यसले केही हद सम्म भयपनी बिपन्न छात्र छत्राहरु लाई  शिक्षण सिकाइमा सहयोग पुग्ने धारणा राखेका थिए।

शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गतको उक्त कार्यक्रमका संगै कार्यालयमा वार्षिकोत्सव समेत भब्य रुपमा ए एम बी सी तथा अभिकर्ताहरु माझ केक काटेर मनाएको थियो भने उक्त दिन कार्यालयमा आउने पहिलो ग्राहक र पहिलो बिमालेख जारी गर्ने अभिकर्ता क्षेत्र देबकोटालाई सबैका माझ टीका र चक्लेटद्वारा स्वागत तथा खादा लगाई आकर्षक पुरस्कारले सम्मान समेत गरेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया