सुनको भाउ एक तोलामै ५३ सयले बढ्यो, प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार
- BFIS News
- 2025 May 06 11:13
काठमाडौं। नेपाली बजारमा सुनको उल्लेख्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोला ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा किनबेच भएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भएको थियो ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया