Nepal Life

रिलायबल नेपालको लाभांश घोषणा, शेयरधनीले १२ प्रतिशत बोनस शेयर पाउने, चुक्ता पूँजी ५ अर्ब १९ करोड पुग्ने

RBB
  • BFIS News
  • 2025 May Wed 11:06
रिलायबल नेपालको लाभांश घोषणा, शेयरधनीले १२ प्रतिशत बोनस शेयर पाउने, चुक्ता पूँजी ५ अर्ब १९ करोड पुग्ने
Shikhar detail

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत वर्षको नाफाबाट १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समिति बैठकले १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर तिर्न) घोषणा गरेको हो । 

NIMB

उक्त लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् । कम्पनीले २०७९-८० को नाफाबाट १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब १९ करोड पुग्नेछ। कम्पनीले प्रिमियममा आइपि‌ओ जारी गरेको थियो। आइपिओ र बोनस शेयरबाटै कम्पनीले नियामकीय पूँजी जुटाउन सफल भएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया