Nepal Life

अरुण भ्याली हाइड्रोपावरको तेस्रो त्रैमासिकमा उल्लेखनीय वित्तीय प्रगति, खुद नाफा ५७ गुणा बढेर ३४.१८ करोड पुगे

NMB Bank
  • BFIS News
  • 2025 May 07 11:30
अरुण भ्याली हाइड्रोपावरको तेस्रो त्रैमासिकमा उल्लेखनीय वित्तीय प्रगति, खुद नाफा ५७ गुणा बढेर ३४.१८ करोड पुगे
United Ajod

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेड (AHPC) ले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिकमा अत्यधिक वित्तीय उपलब्धि हासिल गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सो अवधिमा ३४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५७ लाख ९५ हजार रुपैयाँको तुलनामा ५७९८.९१ प्रतिशतले वृद्धि हो।

कम्पनीको आम्दानी पनि उल्लेखनीय रुपमा २२८.२५ प्रतिशतले बढेर ६ करोड १ लाख रुपैयाँबाट १९ करोड ७४ लाख रुपैयाँ पुगेको छ। यसले उत्पादन तथा सञ्चालन क्षमता उल्लेखनीय रुपमा सुधारिएको संकेत गर्छ।

साथै, कम्पनीले आफ्नो सबै कर्जा चुक्ता गरी वित्तीय लागत ७९.१६ प्रतिशतले घटाएर ३ करोड ९ लाख रुपैयाँमा ल्याएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको कर्जा १२ करोड ४२ लाख रुपैयाँ थियो भने यस त्रैमासिकमा कुनैपनि कर्जा देखिएको छैन।

कम्पनीको जारी पूँजी १०६ प्रतिशतले बढेर ३ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने अन्य इक्विटी ४६४.२२ प्रतिशतले बढेर ३६ करोड ७८ लाख रुपैयाँ भएको छ।

यद्यपि प्रशासनिक खर्च १७७.४१ प्रतिशतले बढेर ८० लाख ८८ हजार रुपैयाँ पुगेको छ, आम्दानीमा भएको ठूलो वृद्धि र लागत व्यवस्थापनले कम्पनीको नाफामा ठूलो फड्को मार्न सहयोग गरेको देखिन्छ।

कम्पनीको वार्षिक आय प्रति सेयर (EPS) २७६३.५५ प्रतिशतले बढेर ११ रुपैयाँ ८५ पैसा पुगेको छ भने प्रति सेयर नेटवर्थ ५.८७ प्रतिशतले वृद्धि भई १०९ रुपैयाँ ५६ पैसा कायम भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया