NIMB Header 2
Nepal Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि १२.६३१५% लाभांश प्रस्ताव

National Life
  • BFIS News
  • 2025 May 07 11:41
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि १२.६३१५% लाभांश प्रस्ताव
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (RNLI) ले आर्थिक वर्ष २०८०/८१ का लागि कुल १२.६३१५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।

Shikhar
NIMB

शाख २३ गते बसेको कम्पनीको १५१ औँ सञ्चालक समितिको बैठकले ४ अर्ब ६४ करोड रुपैयाँको चुक्ता पूँजीमा आधारित रही सो लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १२ प्रतिशत बोनस शेयर (५५ करोड ६८ लाख रुपैयाँ बराबर) र ०.६३१५ प्रतिशत नगद लाभांश (२ करोड ९३ लाख रुपैयाँ बराबर) प्रस्ताव गरेको छ। नगद लाभांश बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि मात्र हो।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

हिजोको कारोबार बन्द हुँदा RNLI को सेयर मूल्य ५१४.०१ रुपैयाँमा कायम रहेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया