NIMB Header 2
Nepal Life

कास्कीका दुई जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा ठूलो लगानी

National Life
  • BFIS News
  • 2025 May 10 09:18
कास्कीका दुई जलविद्युत आयोजनामा एनएमबि बैंकको अगुवाइमा ठूलो लगानी
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड तथा बज्र इनर्जी भेन्चर्स प्रा.लि. बीच कास्की जिल्लाको मादी गाउँपालिकामा अवस्थित २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । उक्त आयोजनामा एनएमबि बैंक अगुवा बैंकको रूपमा रहनेछ ।

Shikhar
NIMB

बज्र मादी जलविद्युत आयोजनाको कुल अनुमानित लागत करिब ५ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने यसमा बैंक तथा वित्तीय संस्थाहरूको समष्टिगत ऋण लगानी ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ रहनेछ ।

एनएमबि बैंक लिमिटेडले यसअघि पनि ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ, जसले ऊर्जा क्षेत्रको दिगो विकासमा बैंकको प्रतिबद्धता झल्काउँछ ।

यसैबीच, सोही समूहले लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले वि.सं. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी दिइएको छ । यस आयोजनामा एनएमबि बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष तथा कृषि विकास बैंक लिमिटेडले ऋण लगानी गरेका हुन् ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकबाट २०७९ मा जारी 'Environmental and Social Risk Management, 2022' निर्देशिकाको पालना गर्दै वातावरणीय तथा सामाजिक नीति निर्माण गरिसकेको छ । सोही नीतिअनुसार बैंकले 'Environmental and Social Management System (ESMS)' लागू गर्दै आएकाे छ, जसले लगानी परियोजनाहरूमा दीर्घकालीन दिगोपनाको सुनिश्चितता गर्न मद्दत गरेको छ । दुवै आयोजना सञ्चालनमा आउँदा देशको विद्युत उत्पादनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया