NIMB Header 2
Nepal Life

बीमा बजारमा प्रभु महालक्ष्मीको आक्रामक बजार विस्तार, जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि

National Life
  • BFIS News
  • 2025 May 10 20:09
बीमा बजारमा प्रभु महालक्ष्मीको आक्रामक बजार विस्तार, जीवन बीमा कोष २५ प्रतिशतले वृद्धि
Sanima Reliance

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ। आक्रामक बजार विस्तार सँगै कम्पनीको जीवन बीमा कोष २५.५७ प्रतिशतले बढेर १२ अर्ब ९१ करोड रुपैयाँ बनाउन सफल भएको छ। 

Shikhar
NIMB

चालु आर्थिक वर्षको यहि अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १७.८१ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब ९६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले ९८ करोड ५८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने एकल बीमा शुल्क २५ करोड ९४ लाख रुपैयाँ रहेको छ।

बीमा शुल्क आर्जनमा संलग्न अभिकर्ताहरुलाई कम्पनीले कमिशन बापत ३४ करोड ८५ लाख रुपैयाँ वितरण गरेको छ, जुन गत वर्षको तुलनामा ४.०२ प्रतिशतले वृद्धि भएको हो। साथै, लगानी र कर्जाबाट कम्पनीले ८ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.४६ प्रतिशतले बढी हो।

कम्पनीको कुल आम्दानी १६.५४ प्रतिशतले बढेर ४५ करोड ४० लाख रुपैयाँ पुगेको छ। यस्तै खर्चमा पनि १७.७२ प्रतिशतले वृद्धि भई ४२ करोड ६९ लाख रुपैयाँ पुगेको छ। यद्यपि दाबी भुक्तानी भने घटेर ७ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.२१ प्रतिशतले कम हो।

यो अवधिमा कम्पनीले २ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको २ करोड ६८ लाख रुपैयाँको तुलनामा थोरै वृद्धि हो। यद्यपि, यो नाफा प्रारम्भिक रूपमा देखिएको हो, एक्चुरियल मूल्याङ्कनपछि अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। कम्पनीले यसअघि १८ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ भने हालसालै ८ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ, जसले गर्दा कम्पनीको पूँजी ५ अर्ब नाघ्नेछ।

हाल कम्पनीको सोल्वेन्सी अनुपात १.९६ रहेको छ, जुन अघिल्लो वर्षको २.१९ सँग तुलना गर्दा केही घटेको भए पनि अझै नियामक निकायको मापदण्ड भित्र रहेको देखिन्छ।

कम्पनीको प्रति शेयर आम्दानी भने अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशतले घटेर ७.६४ रुपैयाँमा झरेको छ। यद्यपि कम्पनीको नेटवर्थ प्रति शेयर १२१.८९ रुपैयाँ रहेको छ, जुन सकारात्मक सूचक हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया