NIMB Header 2
Nepal Life

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा १०.७७% ले बढ्यो, जीवन बीमा कोष १८ अर्ब २२ करोड रुपैयाँ पुग्यो

National Life
  • BFIS News
  • 2025 May 11 11:21
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा १०.७७% ले बढ्यो, जीवन बीमा कोष १८ अर्ब २२ करोड रुपैयाँ पुग्यो
Sanima Reliance

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले नाफा तथा प्रिमियम आम्दानीमा मध्यम बृद्धि गरे पनि जगेडा आम्दानी र प्रति सेयर सूचकहरूमा उल्लेख्य गिरावट भोगेको छ।

Shikhar
NIMB

कम्पनीको खुद नाफा १०.७७ प्रतिशतले वृद्धि भई ३ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही त्रैमासमा ३ करोड ५ लाख रुपैयाँ थियो। यस अवधिमा खुद बीमा शुल्क आम्दानी पनि १५.८८ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, अघिल्लो वर्ष यो ४ अर्ब १ करोड रुपैयाँ थियो।

कम्पनीको चुक्ता पूँजी १९.८६ प्रतिशतले वृद्धि भई ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब १८ करोड रुपैयाँ थियो। त्यस्तै, जीवन बीमा कोषमा २४.८१ प्रतिशतको वृद्धिसहित १८ अर्ब २२ करोड रुपैयाँ पुगेको छ भने लगानी रकम १३.७४ प्रतिशतले बढेर २० अर्ब ९५ करोड रुपैयाँमा पुगेको छ।

तर, कम्पनीको जगेडा आम्दानी ७५.०५ प्रतिशतले घटेर ३० करोड ९९ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २४ करोड रुपैयाँ थियो। यसले गर्दा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (EPS) ७.५८ प्रतिशतले घटेर हाल ८ रुपैयाँ ९८ पैसा कायम भएको छ। त्यसैगरी, प्रति सेयर नेटवर्थ पनि १७.६४ प्रतिशतले घटेर ११० रुपैयाँ ६१ पैसा रहेको छ।

खर्च पक्षतर्फ हेर्दा, खुद दावी भुक्तानी २२.३८ प्रतिशतले बढेर ४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने अभिकर्ता आयोग खर्च १२.८६ प्रतिशतले बढेर ४८ करोड ८८ लाख रुपैयाँ पुगेको छ। कम्पनीले लगानी, ऋण र अन्य स्रोतबाट १ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५.३९ प्रतिशतले बढी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया