NIMB Header 2
Nepal Life

आइजीआई प्रुडेन्सियलको मुनाफा २६ करोड ५१ लाख, बैंक व्याजदर घट्दा नाफामा प्रभाव, व्यावसायमा राम्रो सुधार

National Life
  • BFIS News
  • 2025 May 11 12:28
आइजीआई प्रुडेन्सियलको मुनाफा २६ करोड ५१ लाख, बैंक व्याजदर घट्दा नाफामा प्रभाव, व्यावसायमा राम्रो सुधार
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ। गत वर्षको यहि अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ थियो।

Shikhar
NIMB

लगानी आम्दानी घट्दा नाफामा असर

नाफामा आएको गिरावटको प्रमुख कारण कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानीमा आएको गिरावट हो। गत वर्षको तुलनामा यो आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ९८ लाख रुपैयाँमा झरेको छ। कुल आम्दानी पनि १०.२८ प्रतिशतले घटेर १५ करोड २७ लाख रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्षको यसै अवधिमा यो १७ करोड २ लाख रुपैयाँ थियो।

बिमा शुल्क र कमिसन आम्दानीमा वृद्धि

यद्यपि कम्पनीको खुद बिमा शुल्क ७.१२ प्रतिशतले बढेर ९२ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कमिसन आम्दानी पनि ७.८२ प्रतिशतले वृद्धि भएर ३६ करोड ४२ लाख रुपैयाँ पुगेको छ। तर कुल खर्च ११.०५ प्रतिशतले वृद्धि भई १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ पुगेपछि मुनाफामा नकारात्मक असर परेको हो।

दाबी भुक्तानीमा उच्च वृद्धि

तीन महिनामा कम्पनीको खुद दाबी भुक्तानी १९.७६ प्रतिशतले बढेर ६१ करोड ३० लाख रुपैयाँ पुगेको छ। यो वृद्धि पनि कम्पनीको नाफामा दबाब सिर्जना गर्ने अर्को प्रमुख कारण हो।

वित्तीय सूचकहरू स्थिर

चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँमै यथावत् छ। तर, रिटेन्ड अर्निङ ५८.७३ प्रतिशतले घटेर १२ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ९१ पैसाले घटेर ११ रुपैयाँ ६७ पैसामा झरेको छ। यद्यपि प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३ पैसामै स्थिर छ।

लगानी आम्दानी घट्नु, दाबी भुक्तानी बढ्नु र खर्चको अनुपात उच्च हुनुले गर्दा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स तेस्रो त्रैमासको वित्तीय प्रदर्शन अपेक्षाअनुसार हुन सकेको छैन। कम्पनीले आफ्नो लगानी रणनीति र दाबी व्यवस्थापन सुधार नगरे नाफा अझै दबाबमा पर्न सक्ने देखिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया