NIMB Header 2
Nepal Life

डिजिटल रूपान्तरण बैंकिङको नयाँ युगको ढोका हो: एनएमबी बैंकका सिइओ घिमिरे

National Life
  • BFIS News
  • 2025 May 11 13:56
डिजिटल रूपान्तरण बैंकिङको नयाँ युगको ढोका हो: एनएमबी बैंकका सिइओ घिमिरे
Sanima Reliance

काठमाडौं, ११ जेठ २०८२ । नेपाल फिनटेक फेस्टिवल २०२५ को अवसरमा आयोजित "बैंकिङ रिसेट: पुराना प्रणालीहरू पार गर्दै डिजिटल स्वीकार्ने यात्रा" शीर्षकको प्यानल छलफलमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द घिमिरेले बहुमूल्य विचारहरू प्रस्तुत गरेका छन्।

Shikhar
NIMB

छलफलका क्रममा घिमिरेले बैंकिङ क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्न एनएमबी बैंकले पुरै समर्पणका साथ अग्रसरता लिएको बताए। "डिजिटलको शक्तिले बैंकिङलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास हामीसँग लामो समयदेखि छ," घिमिरेले भने, "र यस्तो महत्वपूर्ण विषयमा सार्वजनिक मञ्चमा खुला छलफल हुनु आफैँमा प्रेरणादायक कुरा हो।"

एनएमबी बैंकले नवीन प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सहज, सुरक्षित र दिगो बैंकिङ सेवा पुर्‍याउने प्रयास गर्दै आएको छ। फेस्टिवलमा गरिएको छलफलले बैंकिङ प्रणालीमा डिजिटल परिवर्तनको आवश्यकता र अवसरबारे गहन अन्तरदृष्टि प्रदान गर्‍यो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया