हिमालयन डिष्टिलरीको नाफामा २५१ प्रतिशत वृद्धि, ईपीएस ३२ रुपैयाँ नाघ्यो
- BFIS News
- 2025 May 12 09:31
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिमा रहेको २१ करोड ४ लाख रुपैयाँको तुलनामा २५१.३२ प्रतिशतले वृद्धि भएको हो।
नाफामा उल्लेखनीय वृद्धि हुनुमा सञ्चालन आम्दानीको दरिलो सुधार प्रमुख कारण रहेको छ। कम्पनीको सञ्चालन आम्दानी अघिल्लो वर्षको २ अर्ब ७४ करोड ४१ लाख रुपैयाँबाट बढेर चालु त्रैमासमा ४ अर्ब ३० करोड ७३ लाख रुपैयाँ पुगेको छ।
३ अर्ब ७ करोड ३४ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८८ करोड ७६ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रति सेयर आम्दानी (ईपीएस) ३२.०८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२८.८९ रुपैयाँ रहेको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)


















प्रतिक्रिया