NIMB Header 2
Nepal Life

विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

Muktinath Bank
  • BFIS News
  • 2025 May 12 17:34
विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा
National Life

काठमाडौं। भारतीय क्रिकेटका महान् ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

Shikhar
NIMB

३६ वर्षीय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो १४ वर्ष लामो टेस्ट करियरको समापनको जानकारी दिएका हुन्।

कोहलीले भारतका लागि १२३ टेस्ट खेल खेलेका छन्, जसमा ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्। उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्, भने उनको उच्चतम स्कोर २५४* रहेको छ। भारतका कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त भएको घोषणा गरेको पाँच दिनपछि कोहलीको यो सन्यास घोषणा आएको हो।

पोस्टमा कोहलीले लेखेका छन्, “टेस्ट क्रिकेटमा मैले पहिलो पटक ब्यागी ब्लु लगाएको १४ वर्ष भयो। यो प्रारुपले मलाई परीक्षा गर्‍यो, आकार दियो र जीवनभरि काम लाग्ने पाठ सिकायो। अब म टाढा जाँदैछु, जुन सजिलो छैन, तर यो निर्णय मलाई सही लागिरहेको छ।”

सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका कोहली ६८ टेस्टमा कप्तानी गरेर ४० जित निकालेका छन्, जसले उनलाई भारतको सबैभन्दा सफल टेस्ट कप्तान बनाएको थियो। कप्तानको रुपमा कोहलीपछि महेन्द्र सिंह धोनीले ६० खेलमा २७ जित र सौरभ गांगुलीले ४९ खेलमा २१ जित निकालेका थिए।

उनको फर्म पछिल्ला वर्षहरूमा कमजोर बन्दै गएको देखिन्छ। सन् २०११ देखि २०१९ सम्म औसत ५५ नजिक रहँदा पछिल्ला २४ महिनामा त्यो संख्या घटेर ३२.५६ मा झरेको छ। कोहलीले आफ्नो अन्तिम टेस्ट सन् २०२५ को जनवरीमा सिड्नीमा खेलेका थिए, जहाँ भारत अस्ट्रेलियासँग ३–१ ले शृंखला हारेको थियो।

सिर्फ पर्थ टेस्टको दोस्रो इनिङ्समा एक अपराजित शतक बाहेक उनले पाँच टेस्टको आठ इनिङ्समा जम्मा ९० रन मात्रै बनाउन सकेका थिए।

‘किंग कोहली’ उपनामले परिचित उनी अस्ट्रेलियाका स्टिभ स्मिथ, न्युजिल्यान्डका केन विलियम्सन र इङ्ल्यान्डका जो रुटसँगै पछिल्लो दशकमा टेस्ट क्रिकेटमा प्रभुत्व जमाउने ‘फ्याब फोर’ का सदस्य थिए। तीनै ढाँचामा भारतको ब्याटिङको मेरुदण्ड रहेका कोहलीले गत वर्ष टी–२० विश्वकपको फाइनलमा जिताउने पारी खेलेर छोटो ढाँचाबाट पनि सन्यास लिएका थिए।

कोहलीले अन्त्यमा लेखेका छन्, “मैले खेलप्रति, मेरा सहकर्मीहरूप्रति र मलाई समर्थन गर्ने प्रत्येक व्यक्तिप्रति कृतज्ञताका साथ यो यात्राबाट बिदा लिँदैछु। म सधैं आफ्नो टेस्ट करियरलाई गर्वका साथ सम्झनेछु।”

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार