NIMB Header 2
Nepal Life

सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई  शैक्षिक सामग्री राख्ने झोला बितरण

National Life
  • BFIS News
  • 2025 May 13 12:46
सानिमा रिलायन्सद्वारा बाजुराका विद्यार्थीहरूलाई  शैक्षिक सामग्री राख्ने झोला बितरण
Sanima Reliance

काठमाडौं। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मिति २०८२ बैशाख २४ मा बाजुरा जिल्लाको बजेडी आधारभुत विद्यालयमा अध्यनरत  विद्यार्थीहरूका लागि शैक्षिक  सामग्री राख्ने झोला वितरण गरेको छ । 

Shikhar
NIMB

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको तर्फबाट क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा १४७  थान  शैक्षिक सामग्री राख्ने झोला विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरे । हाल यस विद्यालयमा इ. सि. डी देखि कक्षा ८ सम्मका १४७  विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । कम्पनीले मुलुकको अति पिछडीएको जिल्लामा न्यून आय भएका जेहेन्दार विद्यार्थीहरूको दुखमा मलम लगाउने कार्य गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि विभिन्न गतिविधिहरू मर्फत सक्रिय भूमिका निभाउँदै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्न, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा योगदान पुर्याउने योजना रहेको बताएको  छ ।

यस्ता प्रयासहरू मार्फत संस्थाले नाफामुखी व्यापारसँगै सामाजिक हितलाई पनि अगाडि बढाउने विश्वास लिएको छ । भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना कम्पनीले बनाएको छ ।

देशभर १६९ शाखा सञ्जाल  रहेको कम्पनिको पूँजी ५ अर्बभन्दा बढी , २० अर्बभन्दा बढीको लगानी रहेको छ भने  २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनमा कार्यरत छन् ।   

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया