NIMB Header 2
Nepal Life

नाफासँगै घट्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको ईपीएस

National Life
  • BFIS News
  • 2025 May 13 15:52
नाफासँगै घट्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको ईपीएस
Sanima Reliance

काठमाडौं, ३० वैशाख।  हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (HEI) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
NIMB

विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ भने प्रतिशेयर आम्दानी (ईपीएस) पनि कमी आएको छ।

चैत मसान्तसम्म इन्स्योरेन्सले ३३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा कम्पनीको नाफा ६० करोड ६५ लाख रुपैयाँ रहेको थियो।

आय–व्ययको अवस्था

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क भने ४८.२६ प्रतिशतले वृद्धि भई सकारात्मक संकेत देखिएको छ। तर, कुल आम्दानी भने ४.०१ प्रतिशतले घटेको छ। यसै अवधिमा खुद दाबी भुक्तानी ११०.४९ प्रतिशतले र कुल खर्च ४८.२१ प्रतिशतले बढेको देखिन्छ।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६२ पैसाले घट्दै १७ रुपैयाँ ७३ पैसामा झरेको छ। मूल्य–आर्जन अनुपात (P/E Ratio) ३३.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ४६ पैसा कायम छ।

पूँजी संरचना

कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्मको विवरण अनुसार, विशेष जगेडा कोषमा १ अर्ब ८३ करोड ३७ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २४ करोड ५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३८ करोड ४१ लाख रुपैयाँ रहेको छ।

नाफा घटे पनि बीमाशुल्कमा देखिएको वृद्धि तथा पूँजी संरचना सुदृढ रहनु कम्पनीका लागि दीर्घकालीन हिसाबले सकारात्मक संकेतका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया