NIMB Header 2
Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस शेयर सहित लगानीकर्तालाई ९८ करोड वितरण गर्ने

National Life
  • BFIS News
  • 2025 May 14 11:08
नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव, ५ प्रतिशत बोनस शेयर सहित लगानीकर्तालाई ९८ करोड वितरण गर्ने
Sanima Reliance

काठमाडौं, बैशाख ३१ – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ५५०औं बैठकले उक्त निर्णय गरेको हो।

Shikhar
NIMB

कम्पनीले हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड रुपैयाँमा आधारित रहेर ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरको कुल रकम २६ करोड ६ लाख रुपैयाँभन्दा बढी र नगद लाभांशको कुल रकम ५२ करोड १२ लाख रुपैयाँ रहेको छ।

त्यसैगरी, बोनस सेयर र नगद लाभांशमा लाग्ने कर तिर्नका लागि थप ०.७८९४७३ प्रतिशत (४ करोड ११ लाख रुपैयाँ) बराबरको नगद लाभांश समेत प्रस्ताव गरिएको छ।

उक्त लाभांश प्रस्ताव बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ। हाल कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) प्रति सेयर ६१२.८६ रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया