NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो आठौँ वार्षिक साधारणसभा, ८ प्रतिशत बोनस शेयर पारित गर्ने

National Life
  • BFIS News
  • 2025 May 14 11:20
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले डाक्यो आठौँ वार्षिक साधारणसभा,  ८ प्रतिशत बोनस शेयर पारित गर्ने
Sanima Reliance

काठमाडौं, जेठ १ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ वार्षिक साधारणसभा (एजिएम) को मिति तय गरेको छ। कम्पनीको सञ्चालक समितिको २४औँ बैठकले गरेको निर्णयअनुसार साधारणसभा २०८२ साल जेठ २६ गते आयोजना हुने भएको हो। कम्पनीले यस अगाडी चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर घोषणा गरिसकेको छ। 

Shikhar
NIMB

कम्पनीले आन्तरिक प्रक्रिया अनुसार उक्त निर्णय गरिएको जनाएको छ। साधारणसभासम्बन्धी विस्तृत जानकारीसहितको औपचारिक सूचना चाँडै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ।

आगामी साधारणसभामा कम्पनीको आर्थिक प्रगति, नीति तथा आगामी रणनीतिसम्बन्धी महत्वपूर्ण विषयमा छलफल हुने अपेक्षा गरिएको छ। शेयरधनीहरूलाई औपचारिक सूचनामार्फत जानकारी लिन र तयारी अवस्थामा रहन कम्पनीले आग्रह गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया