NIMB Header 2
Nepal Life

उत्पादन र उत्पादकत्व अभिवृद्धिमा बैंकिङ–बीमा क्षेत्रको सहकार्य आवश्यक : कामु गभर्नर ढुंगाना

National Life
  • BFIS News
  • 2025 May 16 13:37
उत्पादन र उत्पादकत्व अभिवृद्धिमा बैंकिङ–बीमा क्षेत्रको सहकार्य आवश्यक : कामु गभर्नर ढुंगाना
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंककी कायममुकायम (कामु) गभर्नर निलम ढुंगानाले नेपाली अर्थतन्त्रको वर्तमान आवश्यकता उत्पादन र उत्पादकत्व अभिवृद्धि रहेको बताएकी छन् ।

Shikhar
NIMB

नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर ढुंगानाले यस लक्ष्य हासिल गर्न बैंकिङ तथा बीमा क्षेत्रले परस्पर सहकार्य गर्दै उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखिन् ।

उनले लगानी र उद्यमशीलताको सुरक्षाका लागि वातावरण सुनिश्चित गर्नु आवश्यक रहेको बताउँदै बीमा क्षेत्रको विकासमा प्रविधिको प्रयोग प्रभावकारी हुने उल्लेख गरिन् । ढुंगानाका अनुसार डिजिटल प्लेटफर्म, मोबाइल एप र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता प्रविधिको प्रयोगबाट बीमा दाबी प्रक्रिया, प्रिमियम संकलन, ग्राहक सेवा र जोखिम मूल्यांकनलाई अझ प्रभावकारी बनाउन सकिनेछ ।

ढुंगानाले भनिन्, “बीमा व्यवसायले प्रवाह गर्ने सेवा गुणस्तरीय, छिटो, पारदर्शी, सुलभ तथा विश्वासिलो बनाउन प्रविधिको प्रयोग अपरिहार्य छ । नेपाली बीमा कम्पनीहरूले प्रविधिमैत्री कार्यप्रणाली अवलम्बन गर्नुपर्छ ।”

उनले नियमनकारी निकायको हैसियतले बीमा प्राधिकरणले बीमितको सुरक्षामा अझ बढी ध्यान दिनुपर्ने पनि बताइन् । बीमा दाबीको भुक्तानी समयमै सुनिश्चित गर्न सक्ने व्यवस्थाले जनताबीच बीमाप्रति विश्वास बढाउने उल्लेख गर्दै ढुंगानाले भनिन्, “दुर्घटना वा प्राकृतिक विपत्तिको अवस्थामा समयमै दाबी भुक्तानी हुने हो भने सकारात्मक सन्देश प्रवाह हुन्छ, जसले अरूलाई पनि बीमा गर्न प्रोत्साहित गर्छ ।”

बीमा व्यवसाय र यसको सेवालाई थप प्रभावकारी बनाउने हेतुले बीमा शिक्षा, व्यवसाय प्रवर्द्धन तथा बिमितको हकहितको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा ढुंगानाले जोड दिइन् । उनले बीमालाई प्रत्येक आर्थिक क्रियाकलापको अभिन्न अंगका रूपमा अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको धारणा राखिन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया