Nepal Life

डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतबाट दरपीठ

RBB
  • BFIS News
  • 2025 May Fri 14:09
डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्च अदालतबाट दरपीठ
Shikhar detail

काठमाडौं। सर्वोच्च अदालतले गभर्नर पदका आकांक्षी डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिट दरपीठ गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले शुक्रबार उक्त रिट दरपीठ गरेका हुन् ।

NIMB

गभर्नर सिफारिस समितिबाट डा. पौडेलले राजीनामा दिएपछि अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले उनीविरुद्ध रिट दायर गरेका थिए । रिटमा उनी नेपाली काँग्रेसको महासमिति सदस्य तथा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारसमेत रहेको जनाउँदै राजनीतिक दलको सदस्यता भएको व्यक्ति गभर्नर हुन नसक्ने दाबी गरिएको थियो ।

तर, सर्वोच्च अदालतले पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको भन्ने स्पष्ट प्रमाण र आधार नदेखिएको भन्दै रिट दरपीठ गर्ने निर्णय गरेको हो ।

यस निर्णयसँगै डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बाटो खुला भएको छ । यद्यपि, गभर्नर पदका लागि चयन प्रक्रिया अगाडि बढ्नुअघि राजनीतिक दलको सदस्यता परित्याग अनिवार्य हुने संवैधानिक प्रावधान यथावत् छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया