NIMB Header 2
Nepal Life

एनआईसी एशिया बैंकको नयाँ अनलाइन लिलाम मंच सार्वजनिक, पारदर्शिता र सहजता थपिँदै

National Life
  • BFIS News
  • 2025 May 18 13:20
एनआईसी एशिया बैंकको नयाँ अनलाइन लिलाम मंच सार्वजनिक, पारदर्शिता र सहजता थपिँदै
Sanima Reliance

काठमाडौं। एनआईसी एशिया बैंकले सम्पत्ति लिलामी प्रक्रियामा पारदर्शिता र सहजता ल्याउने उद्देश्यले अत्याधुनिक अनलाइन लिलाम पोर्टल सार्वजनिक गरेको छ।

Shikhar
NIMB

उक्त डिजिटल मंचमार्फत बैंक तथा गैर-बैंकिङ सम्पत्तिहरूको विस्तृत जानकारी सजिलै प्राप्त गर्न सकिनेछ।

पोर्टलमा ग्राहकहरूले QR कोड स्क्यान गरेर सम्पत्तिको विवरण हेर्न, फोटो तथा नक्सा अवलोकन गर्न सकिनेछ। साथै थप जानकारीको लागि बैंकसँग सिधा सम्पर्क गर्न मिल्ने व्यवस्था गरिएको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार, यो अनलाइन मंचले सम्पत्ति लिलामी प्रक्रियालाई पारदर्शी, आधुनिक र प्रभावकारी बनाउनेछ। डिजिटल बैंकिङ र सेवा स्वचालनतर्फको प्रतिबद्धता अनुसार बैंकले यो सेवा सुरु गरेको हो।

प्रयोगकर्तामैत्री र नियमित अपडेट हुने यो पोर्टलले ग्राहकहरूलाई जानकार निर्णय लिन सहयोग पुर्‍याउने विश्वास लिइएको छ। साथै, यो कदमले नेपालको बैंकिङ क्षेत्रको डिजिटल सेवामा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया