NIMB Header 2
Nepal Life

नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

National Life
  • BFIS News
  • 2025 May 22 13:40
नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति
Sanima Reliance

काठमाडौं, ८ जेठ । नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ।

Shikhar
NIMB

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ३० लाख इकाई ऋणपत्र सार्वजनिक गर्न लागेको हो।

जारी गर्न लागिएको ऋणपत्रमध्ये १२ लाख इकाई (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत जारी गरिनेछ। बाँकी १८ लाख इकाई (१ अर्ब ८० करोड रुपैयाँ) बैंकले आफ्नै पहलमा अन्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नेछ।

बैंकले १० वर्ष अवधिवार्षिक ७ प्रतिशत ब्याजदर रहने "७% एसबीआई ऋणपत्र २०९०" नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यस ऋणपत्रमा एनआइएमबीएस क्यापिटल लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा रहनेछ।

उक्त ऋणपत्र निष्कासनले बैंकको पूँजी संरचना सुदृढ गर्नुका साथै दीर्घकालीन स्रोत परिचालनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया