Nepal Life

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

RBB
  • BFIS News
  • 2025 May Thu 18:19
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त
Shikhar detail

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए।

NIMB

चेत प्रसाद उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ भने उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिएसम्मको अध्ययन गरेका छन्। हाल उनि राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रुपमा आबद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया