NIMB Header 2
Nepal Life

महालक्ष्मी विकास बैंक NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध

Citizen Life
  • BFIS News
  • 2025 May 24 15:49
महालक्ष्मी विकास बैंक NPS-National Card Switch तथा NEPALPAY Card मा आवद्ध
National Life

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच NPS–National Card Switch (NCS) तथा नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम NEPALPAY Card को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ।

NIMB

उक्त सम्झौतामा महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। 

एनसीएचएलले हालै NPS–NCS को पूर्वाधार तयार भइसकेको घोषणा गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई डोमेस्टिक कार्ड स्किम NEPALPAY Card तथा कार्ड ट्रान्जेक्सनको लागि आवश्यक स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो। सोही सन्दर्भमा महालक्ष्मी विकास बैंक पनि NPS–NCS प्रणाली र NEPALPAY Card मा आवद्ध भएको हो।

कमर्सियल रोलआउट पश्चात महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुलाई NEPALPAY Card इस्यू गर्न र ट्रान्जेक्सन (acquiring) सेवा प्रदान गर्न सक्नेछ।

NPS–NCS लाई विभिन्न कार्ड स्विचहरू बीच अन्तरआबद्धता (interoperability) कायम गर्ने र डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ्ग तथा सेटलमेन्टको लागि एक केन्द्रीय कार्ड स्विचको रुपमा विकास गरिएको हो। यो प्रणालीको पूर्ण कार्यान्वयनपछि कारोबार लागत घट्ने, डाटा लोकलाइजेसन सुनिश्चित हुने, र डिजिटल इकोसिस्टममा नयाँ प्रविधिको विकास तथा प्रयोग विस्तार हुने अपेक्षा गरिएको छ।

एनसीएचएलले हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पेमेंट सर्भिस अपरेटर (PSO) तथा पेमेंट सर्भिस प्रोभाइडर (PSP), र १०० भन्दा बढी गैर-बैंकिङ्ग सदस्यहरूसँग मिलेर विविध राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गर्दै आएको छ।

यस सहकार्यले नेपालको कार्ड इकोसिस्टमलाई थप सशक्त बनाउने विश्वास लिइएको छ। नेपालभरि १०३ वटा शाखा र ४९ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकले यस कदममार्फत आफ्ना ग्राहकहरूलाई अझ आधुनिक र सुरक्षित बैंकिङ्ग सेवा दिने लक्ष्य लिएको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया