NIMB Header 2
Nepal Life

शेयर बजारका लागि नव नियुक्त गभर्नरको पहिलो बुष्टरडोज, शेयर धितोकर्जाको जोखिमभार घट्यो, सजगतापूर्वक सन्तुलित राख्ने

Citizen Life
  • BFIS News
  • 2025 May 25 20:14
शेयर बजारका लागि नव नियुक्त गभर्नरको पहिलो बुष्टरडोज, शेयर धितोकर्जाको जोखिमभार घट्यो, सजगतापूर्वक सन्तुलित राख्ने
National Life

काठमाडौं। नव नियुक्त गभर्नर विश्वनाथ पौडेलले शेयर बजारका लागि पहिलो बुष्टरजोड दिएका छन्। उनले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक मौद्रिक समिक्षामा गभर्नर पौडेलले डिप्रेस शेयर बजारलाई उकासिने गरी शेयर धितोकर्जाको जोखिमभार घटाइदिएका छन्।  

NIMB

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा  मार्फत शेयर धिताेकर्जाकाे जाेखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिदिएको हो। 

गत वर्ष जेठ ४ गते नै माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समीक्षा गरेकाे थियाे । यसपाली गभर्नर नियुक्ति लगायतका कारणले ढिलाे हुन गएकाे राष्ट्र बैंककाे भनाइ छ ।

राष्ट्र बैंकले समिक्षा मार्फत जारी गरेको नीतिगत व्यवस्था

- आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।

- नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

- विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।

- विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ ।

- लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ ।

- बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ ।

अन्त्यमा,

- पछिल्लो आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सन्तुलित बनाइएको छ । आन्तरिक आर्थिक गतिविधि, विदेशी विनिमय सञ्चितिले आयात धान्ने क्षमता एवम् मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिने छ ।

- चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको क्रममा सहयोग पुर्याउने नेपाल सरकारका निकायहरु, उद्योग व्यवसायसँग सम्बन्धित संघ/संस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरु, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गर्दै मौद्रिक नीति र यस समीक्षामा व्यवस्था गरिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाझै सबैको सहयोग रहने यस बैंकको विश्वास रहेको छ। 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया