नेपाल शेयर बजार लगानीकर्ता संघ र सिडिएससी बीच छलफल सम्पन्न: पूँजी बजार सुधारका विषयमा संवाद
- BFIS News
- 2025 May 26 10:44
काठमाडौं, जेठ ११। नेपाल शेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरूहरुले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) का प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाक सँग शेयर बजारका विषयमा छलफल तथा भेटघाट गरेका छन्। पूँजी बजारलाई समृद्ध, पारदर्शी, सुव्यवस्थित र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ आयोजित उक्त छलफलमा विविध विषयमा गहन तथा सकारात्मक संवाद भएको संघले जनाएको छ।
छलफलको क्रममा संघकी पदाधिकारी सदस्य मीना भट्टले संघको स्थापना, उद्देश्य र भावी योजना समेटिएको औपचारिक पत्र CDSC प्रमुख पन्दाकलाई हस्तान्तरण गरेकी छिन्।
संघका पदाधिकारी सुदर्शन गौतमले लगानीकर्ताहरूले भोगिरहेका समस्याहरूमा प्रकाश पार्दै डिम्याट खाता अपडेटमा देखिएको ढिलाइ, डिपोजिटरी सहभागी (DP) शुल्क, अनलाइन सेवा सुविधाको पहुँच, र बजारको पारदर्शितासम्बन्धी विषयहरू उठाए।
संघका संस्थापक महासचिव रविन कँडेलले पूँजी बजारमा सुधारका लागि तत्काल समाधान गर्न सकिने र दीर्घकालीन रूपमा अध्ययन तथा नीति निर्माण आवश्यक हुने विषयहरू विस्तृत रूपमा प्रस्तुत गरे। साथै, उहाँले CDSC ले हालसम्म गरेको प्रगति र आगामी योजनाबारे संवाद सुरु गर्दै डिम्याट तथा TMS (ट्रेड म्यानेजमेन्ट सिस्टम) सिन्क्रोनाइजेसन, स्वचालित EDIS, अनलाइन बिल सुविधा र DP शुल्क पुनरावलोकन जस्ता महत्त्वपूर्ण विषयहरूमा ध्यानाकर्षण गराए।
CDSC का प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दाले संघको स्थापना तथा लगानीकर्ताको हितका पक्षमा संघको सक्रियता प्रति बधाई र शुभकामना व्यक्त गरिन। उनले CDSC ले पूँजी बजारलाई प्रविधिमैत्री, पारदर्शी र लगानीकर्तामैत्री बनाउन निरन्तर प्रयत्न गरिरहेको स्पष्ट पारिन्। साथै, आगामी दिनमा पूँजी बजारको सुदृढीकरणका लागि CDSC को भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
करीब एक घण्टा चलेको उक्त छलफलमा सहभागी सबैले CDSC को सकारात्मक पहलले पूँजी बजारमा विश्वास, दक्षता र पारदर्शिता वृद्धि गर्नेमा विश्वास व्यक्त गरेका थिए।
उक्त कार्यक्रममा CDSC तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण पन्दासँगै हेड अफ डीमेटरियालाइजेसन एण्ड डिपोजिटोरी, रिसर्च एण्ड इनोभेसन डिभिजनकी कञ्चन सापकोटाको उपस्थिति थियो। त्यस्तै, नेपाल शेयर बजार लगानीकर्ता संघका तर्फबाट संस्थापक महासचिव रविन कँडेल, सचिव भुवन ढकाल, प्रवक्ता धनजय पौडेल, पदाधिकारी सदस्यहरू मीना भट्ट, विवेक श्रेष्ठ र सुदर्शन गौतम सहभागी थिए।
संघले पूँजी बजारको समृद्धि र लगानीकर्ताको हितका लागि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको सन्दर्भमा CDSC सँगको संवादलाई निरन्तरता दिइने जनाएको छ। सहभागीहरुले यस प्रकारको संवाद र सहकार्यले नेपालको पूँजी बजारमा पारदर्शिता, दक्षता र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न मद्दत गर्नेछ भन्ने अपेक्षा गरेको बताए।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया