हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति
- BFIS News
- 2025 May 26 16:33
काठमाडौं, १३ जेठ । नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्न अनुमति दिएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) र बोर्डबीच देखिएको स्वीकृति सम्बन्धी विवादपछिको यो पहिलो स्वीकृतिपत्र हो, जसले शेयर बजारमा पुनः सकारात्मक सन्देश दिएको छ।
बोर्डको स्वीकृतिपछि कम्पनीले अब ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा अर्थात् ११ करोड ९० लाख रुपैयाँ बराबरको ११ लाख ९० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटललाई दिइएको छ।
यस स्वीकृतिसँगै हिम स्टार ऊर्जा कम्पनीले सर्वसाधारणबाट लगानी जुटाएर परियोजना विस्तार तथा वित्तीय सुदृढीकरणको बाटो खोल्ने अपेक्षा गरिएको छ। स्वीकृतिको प्रक्रिया टुंगिएसँगै कम्पनीले चाँडै आईपीओ निष्काशन मिति र प्रक्रिया सार्वजनिक गर्ने बताइएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया