पियोर इनर्जी लिमिटेडको आईपीओ शेयर नेप्सेमा सूचीकृत, पहिलो कारोबार २७८ रुपैयाँबाट सुरु हुने
- BFIS News
- 2025 May 26 16:48
काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरू, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेतलाई निष्काशन गरी बाँडफाँट गरेको १६ लाख कित्ता साधारण शेयर र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६४ लाख कित्ता शेयरसहित कुल ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गरिएको हो।
नेप्सेले पियोर इनर्जीलाई पहिलो कारोबारका लागि ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्मको मूल्य रेञ्ज (ओपनिङ रेञ्ज) तोकेको छ। यही रेञ्जका आधारमा आउँदो आइतबार ‘स्पेशल प्रि–ओपन सेसन’मा पहिलो कारोबार हुने र त्यसपछि कम्पनीको शेयर नियमित दोस्रो बजारमा कारोबार हुन सुरु हुने नेप्सेले जनाएको छ।
नेप्सेमा सूचीकृत भएपछि अब पियोर इनर्जीको शेयर कारोबार "पीयुआरआई (PURI)" सिम्बोलमा हुनेछ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया