सामाजिक सुरक्षा कोषमा करिब २१ लाख श्रमिक आबद्ध
- BFIS News
- 2025 May Thu 15:26

काठमाडौं । देशभर करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्।
आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ सालको फागुनसम्म कुल २० लाख ७९ हजार ४ जना श्रमिक कोषमा आबद्ध भएका हुन्।
सर्वेक्षणअनुसार उक्त अवधिमा औपचारिक क्षेत्रका ५ लाख ६८ हजार १८८ जना, वैदेशिक रोजगारीमा रहेका १५ लाख १० हजार ६३ जना, अनौपचारिक क्षेत्रमा ४४६ जना र स्वरोजगारमा संलग्न ३०७ जना श्रमिक कोषमा समावेश भएका छन्।
यसै अवधिमा २० हजार २४४ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका छन्।
प्रतिक्रिया