Nepal Life

अब जतिसुकै सुन किन्दा पनि २ प्रतिशत लक्जरी कर लाग्ने

NMB Bank
  • BFIS News
  • 2025 May 30 05:40
अब जतिसुकै सुन किन्दा पनि २ प्रतिशत लक्जरी कर लाग्ने
National Life

काठमाडौं। अब जतिसुकै मूल्य बराबरको सुन किन्दा पनि लक्जरी कर लाग्ने भएको छ। सरकारले ल्याएको आर्थिक अध्यादेशमा जतिसुकै परिमाणको सुन किन्दा पनि २ प्रतिशत विलासिता शुल्क लाग्ने व्यवस्था गरिएको छ।

Shikhar
NIMB

सरकाले २०७९/८० को बजेटदेखि सुनमा विलासी शुल्क लगाउन सुरू गरेको थियो। अहिलेसम्म १० लाख रूपैयाँभन्दा बढीको सुन किन्दा मात्र २ प्रतिशत यस्तो प्रकारको कर लाग्थ्यो। तर सीमा तोक्दा फरक फरक व्यक्तिको नाममा बिल गराउने तर लक्जरी कर नतिर्ने भएपछि सरकारले सबै परिणाममा शुल्क लगाएको हो। यो सँगै सुनको मूल्य बढ्ने भएको छ।

सरकारले १० लाख रूपैयाँ माथिको हिराजन्य पत्थर खरिदमा पनि लक्जरी कर लगाउने निर्णय गरेको छ। परिवर्तित कर आगामी आर्थिक वर्ष सुरू भएको दिन अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया