Nepal Life

महँगो मदिराको मूल्य अत्यधिक बढ्ने

NMB Bank
  • BFIS News
  • 2025 May 30 05:44
महँगो मदिराको मूल्य अत्यधिक बढ्ने
National Life

काठमाडौं। सरकारले मदिराको भन्सार नीति परिवर्तन गरेको छ। विगतमा लिटरका आधारमा भन्सार शुल्क तोकिने गरेकोमा अब मूल्यका आधारमा लिइने भएको छ।

Shikhar
NIMB

विगतमा सबै प्रकारका आयातित मदिरामा एकै भन्सार शुल्क लाग्थ्यो। अब प्रतिशतका आधारमा शुल्क थोरै वा धेरै हुने भएको छ। सरकारको यो नीतिले महँगो मदिराको मूल्य अत्यधिक बढ्ने भएको छ। सस्तो मदिराको मूल्य भने कम हुने भएको छ।

सरकारले बिहीबार ल्याएको आर्थिक विधेयक मार्फत् मदिराको भन्सार नीतिमा परिवर्तन गरिएको हो।  

जुन सामूहिक कर असुली ऐनको व्यवस्था अनुसार ऐन पास नहुँदै लागू हुने भएको छ। बिहीबारदेखि आयात हुने मदिरामा १०० प्रतिशत भन्सार लाग्ने भएको छ। 

अर्थात्, जति मूल्यको मदिरा हो, त्यति बराबरको भन्सार शुल्क लाग्ने भएको हो। 

विगतमा लिटरका आधारमा जुनसुकै मदिरामा प्रतिलिटर २ हजार भन्सार शुल्क लाग्ने गरेको थियो। जस्तै, अब ५ सय रूपैयाँ आयात मूल्यको मदिरामा ५ सय रूपैयाँ र १० हजार रूपैयाँ आयात मूल्यको मदिरामा १० हजार रूपैयाँ भन्सार शुल्क लाग्ने भएको छ।

त्यसैले कम मूल्यका मदिरा पहिले भन्दा सस्तो हुने र महँगा मदिराको मूल्य उल्लेख्य रूपमा बढ्ने भन्सार अधिकारीहरू बताउँछन्।

'यो क्षेत्रमा ठूलो नीतिगत परिवर्तन गरिएको छ, यसले मदिरा आयात व्यवस्थित गर्न सहयोग पुग्ने छ,' भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भने।

त्यस्तै, वाइन र बियरमा पनि फरक भन्सार नीति अपनाइएको छ। यसअघि वाइनमा प्रतिलिटर ३ सय रूपैयाँ भन्सार थियो, अब भने लागत मूल्यको ८० प्रतिशत लाग्ने भएको छ।

त्यस्तै, बियरमा यसअघि प्रतिलिटर २ सय रूपैयाँ भन्सार थियो, अब लागत मूल्यको ८० प्रतिशत लाग्ने भएको छ।

बियर र मदिराको अन्तशुल्क पनि केही बढाइएको छ। यो नीतिले महँगो मदिरा उत्पादन गर्ने स्वदेशी उद्योगलाई सहयोग पुग्ने सरकारी अधिकारीहरूको दाबी छ।

त्यस्तै, चुरोट, सिगार र निकोटिनयुक्त अन्य वस्तुको भन्सार पनि बढाइएको छ। चुरोटको भन्सार प्रतिखिल्ली ४ रूपैयाँ ५० पैसाबाट बढाएर ५ रूपैयाँ ५० पैसा पुर्‍याइएको छ। 

सिगारको भन्सार प्रतिखिल्ली ९ रूपैयाँबाट बढाएर ११ रूपैयाँ पुर्‍याइएको छ। निकोटिन पाइने चुइंगम लगायतका अन्य वस्तुमा ४० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तशुल्क लाग्ने भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया