सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि, छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार
- BFIS News
- 2025 Jun Tue 10:55

काठमाडौं, जेठ २०। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँमा पुगेको छ। अघिल्लो दिन सोमबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनयता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ भने मंगलबारको कारोबार मूल्य हालसम्मकै उच्चस्तरमा पुगेको हो।
त्यस्तै, मंगलबार चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। चाँदी प्रतितोला ५५ रुपैयाँले बढ्दै २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको थियो।
सुनचाँदीको मूल्यमा आएको यो उकालो प्रवृत्ति अन्तर्राष्ट्रिय बजारको प्रभाव, मागको अवस्था र अमेरिकी डलरको भाउजस्ता कारणले भएको बताइएको छ।
प्रतिक्रिया