NIMB Header 2
Nepal Life

राष्ट्र बैंकले ३ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

National Life
  • BFIS News
  • 2025 Jun 03 17:21
राष्ट्र बैंकले ३ अर्ब १४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा जम्मा ३ अर्ब १४ करोड २ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ।

Shikhar
NIMB

विभिन्न कोषमा रहेको रकमलाई मुद्दति निक्षेपमा राख्नका लागि राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूबाट प्रस्ताव माग गरेको हो।

राष्ट्र बैंकका अनुसार, वाणिज्य बैंकहरूमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ, राष्ट्रिय स्तरका विकास बैंकहरूमा ४७ करोड १० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १५ करोड ७० लाख रुपैयाँ निक्षेप राखिनेछ।

उक्त मुद्दति निक्षेप आगामी २०२५ जुन १७ (जेठ ३४) देखि लागू भई २०२६ जुन १७ सम्म अर्थात् ३६६ दिनको अवधिका लागि हुनेछ।

निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले इच्छाएको रकम र प्रस्तावित ब्याजदर सहित जेठ २२ गते राति १२ बजेभित्र प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

निक्षेपका लागि योग्य ठहरिन, बैंक तथा वित्तीय संस्थाले कम्तीमा २ वर्ष सञ्चालनमा आएको, न्यूनतम पुँजी कोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशतभन्दा बढी नभएको र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम भएको जस्ता शर्तहरू पूरा गर्नु पर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया