NIMB Header 2
Nepal Life

बीमा दाबी फछ्र्यौटका लागि शिखर इन्स्योरेन्सको आग्रह : आवश्यक कागजात ३५ दिनभित्र बुझाउन अनुरोध

National Life
  • BFIS News
  • 2025 Jun 04 13:20
बीमा दाबी फछ्र्यौटका लागि शिखर इन्स्योरेन्सको आग्रह : आवश्यक कागजात ३५ दिनभित्र बुझाउन अनुरोध
Sanima Reliance

काठमाडौं, जेठ २१। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले एक सार्वजनिक सूचना प्रकाशित गर्दै, बीमालेख बमोजिम दाबी दर्ता गराइएका तर आवश्यक कागजात नपुगेका बीमितहरूलाई ३५ दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ।

Shikhar
NIMB

कम्पनीका अनुसार २०८१ फागुन १५ गतेदेखि २०८२ जेष्ठ १५ गतेसम्म परेका दाबीहरूमध्ये कतिपय बीमितले हालसम्म दाबी मूल्याङ्कनका लागि आवश्यक पर्ने कागजातहरू कम्पनीमा प्राप्त नभएका र सम्बन्धित पक्षहरू सम्पर्कमा समेत नआएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी ३५ दिन भित्रमा आवश्यक सम्पूर्ण कागजातहरू सहित केन्द्रीय दाबी विभाग, प्रादेशिक तथा शाखा कार्यालयहरू वा सो सम्बन्धी दाबीमा खटाइएका सर्भेयरहरूसँग सम्पर्क गरी कागजात बुझाउन आग्रह गरेको छ। 

तोकिएको म्यादभित्र दाबी फछ्र्यौटका लागि आवश्यक सम्पूर्ण कागजात तथा कम्पनीले पठाएको फछ्र्यौट पुर्जा सही छाप गरी फिर्ता नगरिएको वा सम्बन्धित पक्ष सम्पर्कमा नआएको अवस्थामा सो दाबी फाईलहरू बन्द गरिने कम्पनीले चेतावनी दिएको छ। कम्पनीले दाबीहरूबारे विस्तृत विवरण वेबसाइट www.shikharinsurance.com मा हेर्न मिल्ने व्यवस्था गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया