लगातार बढ्दै आएको सुनको भाउ स्थिर, चाँदीको मूल्यमा वृद्धि
- BFIS News
- 2025 Jun Fri 11:48
.jpg)
काठमाडौं। पछिल्लो समय लगातार बढ्दै आएको सुनको भाउ आज स्थिर रहेको छ भने चाँदीको भाउमा भने वृद्धि भएको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा स्थिर रहेको छ। बिहीबार पनि यही मूल्यमा सुन किनबेच भएको थियो।
यसअघि सुनको भाउ लगातार ६ दिनमा ५ हजार ९ सय रुपैयाँले बढेको थियो। विगत केही दिनमा सुनको मूल्य क्रमशः शुक्रबार ७००, आइतबार ३००, सोमबार १०००, मंगलबार २९००, बुधबार ५०० र बिहीबार ५०० रुपैयाँले वृद्धि भएको थियो।
यता, चाँदीको मूल्य भने आज प्रतितोला ७५ रुपैयाँले बढेको छ। शुक्रबारको मूल्य अनुसार चाँदी प्रतितोला २ हजार १५० रुपैयाँ पुगेको छ, जुन बिहीबार २ हजार ७५ रुपैयाँमा थियो।
विक्रेताहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, माग तथा भण्डारणको अवस्थाले सुन–चाँदीको मूल्यमा उतार–चढाव आउने गरेको छ।
प्रतिक्रिया