एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

  • BFIS News
  • 2025 Jun Sun 11:18
एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ थियो। मूल्यमा आएको यो गिरावटसँगै सुन खरिद गर्ने उपभोक्ताहरूका लागि केही राहत मिलेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। शुक्रबार प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले घटेर २१ सय ४५ रुपैयाँमा झरेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमय दरका आधारमा दैनिक सुन–चाँदीको दर निर्धारण गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया