Nepal Life

एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

NMB Bank
  • BFIS News
  • 2025 Jun 08 11:18
एकैदिन ३ हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
National Life

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ।

Shikhar
NIMB

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ थियो। मूल्यमा आएको यो गिरावटसँगै सुन खरिद गर्ने उपभोक्ताहरूका लागि केही राहत मिलेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। शुक्रबार प्रतितोला २१ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँले घटेर २१ सय ४५ रुपैयाँमा झरेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य र विनिमय दरका आधारमा दैनिक सुन–चाँदीको दर निर्धारण गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया