NIMB Header 2
Nepal Life

बैशाखसम्ममा वाणिज्य  विकास बैंकहरुको नाफा सार्वजनिक : नविल बैंक शीर्ष स्थानमा

National Life
  • BFIS News
  • 2025 Jun 13 12:14
बैशाखसम्ममा वाणिज्य  विकास बैंकहरुको नाफा सार्वजनिक : नविल बैंक शीर्ष स्थानमा
Sanima Reliance

काठमाडौं, जेठ ३० गते। नेपाल राष्ट्र बैंकले चालू वित्तीय वर्ष २०८१/८२ का बैशाख महिनासम्मको वाणिज्य तथा विकास बैंकहरुको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

Shikhar
NIMB

वाणिज्य बैंकहरु

कुल मुनाफा: रु ४१.१७ अर्ब, नाफामा अग्रणी: नविल बैंक रु ५.६ अर्ब (वाणिज्य बैंक मध्यमा सबैभन्दा बढी) 

दोस्रो स्थानमा छ ग्लोबल आईएमई बँक (रु ५.३५ अर्ब) र तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (रु ५.०२ अर्ब) । सबैभन्दा कम मुनाफा एनआईसी एसिया बैंकको रु ४७.८७ करोड मात्र रहेको छ। 

विकास बैंकहरु

कुल नाफा: रु ४.५९ अर्ब

शीर्ष स्थानमा रहेको विकास बैंक मुक्तिनाथ विकास बैंकले रु ८७.६८ करोडको नाफा आर्जन गरेको छ, जुन अगाडि रहेको गरिमा विकास बैंकको रु ८६.९३ करोड नाफालाई पनि पछि पारेको हो । तेस्रो स्थानमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (रु ६१.५४ करोड) । तल्लो समूहमा रहेका ग्रीन विकास बैंक (रु २.३२ करोड) र कर्पोरेट विकास बैंक (रु १.५६ करोड)ले न्यूनतम नाफा कमाएका छन् ।

१७ विकास बैंकहरु मध्ये ८ बैंकले घाटा ब्यहोरेका छन्, जसमा नरायणी, सप्तकोशी, कर्णाली, सलापा, कर्पोरेट, एक्सेल बैंक समावेश छन्। 

नेपाल राष्ट्र बैंकको हालको रिपोर्टले आर्थिक वर्षको दशौँ महिनासम्म वाणिज्य तथा विकास बैंकहरूको नाफा वृद्धि भएको स्पष्ट संकेत गरेको छ। वाणिज्य क्षेत्रमा नविल बैंक र विकास क्षेत्रमा मुक्तिनाथ विकास बैंकले उत्कृष्ट प्रगति गरेको पाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया