NIMB Header 2
Nepal Life

हबिब बैंकले हिमालयन बैंकको २ करोड ८० लाख संस्थापक सेयर बिक्री गर्दै, नेपालबाट बाहिरिने तयारी

National Life
  • BFIS News
  • 2025 Jun 13 12:59
हबिब बैंकले हिमालयन बैंकको २ करोड ८० लाख संस्थापक सेयर बिक्री गर्दै, नेपालबाट बाहिरिने तयारी
Sanima Reliance

काठमाडौं, जेठ ३०।  पाकिस्तानको हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंक लिमिटेडको २ करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

Shikhar
NIMB

यस सेयर बिक्रीसँगै हबिब बैंक नेपालबाट पूर्ण रूपमा बाहिरिनेछ।

बैंकले आफ्नो सेयर पहिलो चरणमा हिमालयन बैंककै संस्थापक सेयरधनीहरूलाई खरिदको अवसर दिने भएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले जेठ ३० गतेदेखि ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा आफू कति कित्ता सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरणसहित आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकिएको छ।
यदि सो अवधिभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला गरिने बैंकले जनाएको छ।

प्रचलित नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिले संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने हुन्छ। संस्थापकले सेयर खरिद नगरेमा मात्र अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न पाइन्छ।

हबिब बैंकको यो सेयर बिक्रीसँगै हिमालयन बैंकको स्वामित्व संरचनामा महत्वपूर्ण परिवर्तन आउने अनुमान गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया