Nepal Life

प्राइम कमर्सियल बैंक लिमिटेडमा रोजगारीको अवसर

RBB
  • BFIS News
  • 2025 Jun Fri 14:43
प्राइम कमर्सियल बैंक लिमिटेडमा रोजगारीको अवसर
Shikhar detail

काठमाडौं। प्राइम कमर्सियल बैंकले विभिन्न पदहरूका लागि आवेदन खुला गरेको छ। बैंकले व्यवसायिक तथा व्यवस्थापकीय रूपमा सँगै बढ्न चाहने उम्मेदवारहरूलाई अवसर प्रदान गर्दैछ।

NIMB

शाखा प्रमुख

शाखा प्रमुखका लागि बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहरिका शाखाहरुका लागि आवेदन खुला गरेको छ। यसका लागि कम्तीमा ३ वर्षको अनुभव आवश्यक पर्नेछ। यसका लागि कर्जा, व्यवसाय विकास, व्यापार वित्त र शाखा व्यवस्थापनमा दक्षता हासिल गर्नु पर्ने बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका निर्देशन र परिपत्रहरूको बारेमा राम्रो ज्ञान हासिल गरेको हुनु पर्नेछ। उम्मेदवारले व्यवस्थापन विषय लिइ कम्तीमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

कानुनी अधिकृत

कानुनी अधिकृतका लागि पाँच वर्षको अनुभव र अधिवक्ताको इजाजतपत्र आवश्यक छ। बैंकिङ र कर्पोरेट कानुनमा विशेषज्ञता भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले उल्लेख गरेको छ। उम्मेदवारले न्यूनतम स्नातक तहको विधि (कर्मशियल कानुनमा केन्द्रित) डिग्री प्राप्त गरेको हुनुपर्छ।

चार्टर्ड एकाउन्टेन्ट

चार्टर्ड एकाउन्टेन्ट पदका लागि उम्मेदवारले CA सम्पन्न गरेको हुनु पर्नेछ र नेपाल राष्ट्र बैंकको निर्देशन, BAFIA, कम्पनी ऐन, आयकर ऐन, NAS/IAS/NFRS, AML नियमावली आदिमा राम्रो ज्ञान आवश्यक छ। अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। अनुभवविहीन उम्मेदवारको उमेर ३० वर्ष ननाघेको हुनुपर्छ (२२ जुन २०२५ सम्म)।

रिलेसनसिप म्यानेजर/अधिकृत

क्रेडिट कार्यमा अनुभव भएका उम्मेदवारहरूका लागि यो अवसर उपयुक्त छ। काठमाडौं भित्र तथा बाहिरका केहि शाखा कार्यालयका लागि यो पदका लागि दरखास्त आह्वान गरिएको बैंकले जनाएको छ। क्रेडिट मूल्याङ्कन, प्रक्रिया र राष्ट्र बैंकको निर्देशिकामा राम्रो ज्ञान भएको, ग्राहकसँग राम्रो सम्बन्ध राख्न सक्ने उम्मेदवार आवश्यक छ। स्नातक तहको व्यापार सम्बन्धी डिग्री आवश्यक छ।

गोल्ड लोन सुपरभाइजर/असिस्टेन्ट (करारमा)

काठमाडौं उपत्यका भित्र र बाहिरका शाखाहरूका लागि आवश्यक छ। कम्तीमा ३ वर्षको अनुभव, सुन परीक्षण, गोल्ड लोन मार्केटिङ, संचालन र अनुगमनमा दक्षता भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।

सफ्टवेयर डेभलपर

कम्तीमा २ वर्षको सफ्टवेयर विकासमा अनुभव आवश्यक छ, विशेषतः वित्तीय संस्थामा कार्यानुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ। Web API, JSON/XML, SOAP/REST, MySQL, MS SQL आदिमा दक्षता हुनुपर्छ। स्नातक तहको कम्प्युटर विज्ञान/इन्जिनियरिङ सम्बन्धी डिग्री अनिवार्य छ।

कार्यकारी सचिव

सचिव स्तरको कार्य गर्नका लागि बैंकले प्रशासनिक काममा कम्तीमा २ वर्षको अनुभव, नेपाली टाइपिङमा दक्षता र सम्बन्धित तालिम प्राप्त उम्मेदवार आह्वान गरेको छ। व्यापार सम्बन्धी विषयमा स्नातक डिग्री अनिवार्य छ। उमेर ३० वर्ष ननाघेको हुनुपर्छ (२२ जुन २०२५ सम्म)।

ट्रेनी असिस्टेन्ट

यो पदका लागि कम्तीमा ५०% अंक वा २.५ CGPA प्राप्त गरेको स्नातक तहको व्यापार सम्बन्धी डिग्री आवश्यक छ। उमेर सीमा २८ वर्ष (२२ जुन २०२५ सम्म) तोकिएको छ।

आवेदन सम्बन्धी जानकारी:

इच्छुक उम्मेदवारहरूले आफ्नो विवरणमा रोजाइको प्रदेश र शाखा स्थान उल्लेख गर्नुपर्नेछ। लेखित परीक्षा तथा अन्य चरणहरूमा उत्तीर्ण उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा थप छनोट प्रक्रियामा समावेश गरिनेछ।

आवेदन गर्दा पठाउनु पर्ने कागजातहरू:

बायोडाटा (CV), आवेदन पत्र,  नागरिकता प्रमाणपत्रको प्रतिलिपि,  पासपोर्ट साइजको फोटो,  शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि, दुई सिफारिसकर्ताको नाम अनिवार्य हुनुपर्नेछ। आवेदन दिने अन्तिम मिति: २२ जुन २०२५ रहेको छ भने आवेदन प्रस्तुत लिङ्कमा क्लिक गरेर दिन सकिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया