Nepal Life

सुन–चाँदीको मूल्य स्थिर, छापावाल सुन १ लाख ९७ हजार ५०० रुपैयाँमा स्थिर

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 12:09
सुन–चाँदीको मूल्य स्थिर, छापावाल सुन १ लाख ९७ हजार ५०० रुपैयाँमा स्थिर
National Life

काठमाडौं, असार २।  नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ।

Shikhar
NIMB

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य आज पनि १ लाख ९७ हजार ५०० रुपैयाँमा स्थिर रहेको हो। यो मूल्य आइतबारको समान दर हो।

यसअघि, सुनको मूल्यले गत वैशाख ९ गते नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै २१ सय ६५ रुपैयाँ प्रतितोला कायम गरिएको महासंघले जनाएको छ। आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो। महासंघले अन्तर्राष्ट्रिय बजार मूल्य र भन्सार शुल्कका आधारमा दैनिक रूपमा स्वर्ण तथा रजतको मूल्य निर्धारण गर्दै आएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया