Nepal Life

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आजदेखि नयाँ दर लागू

RBB
  • BFIS News
  • 2025 Jun Mon 12:32
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, आजदेखि नयाँ दर लागू
Shikhar detail

काठमाडौं, असार २।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ।

NIMB

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले तथा डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको हो।

नयाँ मूल्य आज (आइतबार) राति १२ बजेदेखि लागू भएको छ। मूल्यवृद्धिपछि काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ कायम भएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि तथा खुद्रा आपूर्ति लागत समायोजन गर्न मूल्य समायोजन गरिएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया