Nepal Life

ग्वार्को फ्लाइओभरको उद्घाटन शुक्रबार, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुने

NMB Bank
  • BFIS News
  • 2025 Jun 16 12:39
ग्वार्को फ्लाइओभरको उद्घाटन शुक्रबार, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन हुने
National Life

ललितपुर, असार २। ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर आगामी शुक्रबार, असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा उद्घाटन गर्ने भएका छन्। मुख्य संरचना निर्माण सम्पन्न भएसँगै अब चार दिनपछि सवारीसाधन सञ्चालन हुने भएको हो।

Shikhar
NIMB

सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीका अनुसार फ्लाइओभरको प्रमुख संरचना निर्माण पूरा भइसकेको छ। बाँकी लेन सेपरेटर राख्ने, सडक लाइनिङलगायतका अन्तिम तयारी कार्यहरू पनि सम्पन्न भएका छन्।

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको नेतृत्वमा सडक विभागका अधिकारीहरूले स्थल निरीक्षण गरी यथाशीघ्र सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएका थिए।

फ्लाइओभर सञ्चालनमा आएपछि ललितपुर क्षेत्रको ट्राफिक जाम न्यूनीकरणमा ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया